सूचीमा दर्ता सम्वन्धी सूचना २०७४-७५
(प्रथम पटक प्रकाशित २०७४/१०/०१)
यस प्रतिष्ठानलाई आ.व. २०७४/०७५ मा आवश्यक पर्ने तपसिलका सामान तथा सेवाहरु उपलव्ध गराउने प्रयोजनको लागि सेवा प्रदायकहरुको सूची सूचीकृत गरिने भएको हुदा मौजुदा सूचीमा दर्ता हुन इच्छुक रजिष्टर्ड फर्म तथा कम्पनीहरु निम्नलिखित कागजातहरु संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र आफूले गर्न चाहेको कार्यको लागि छुट्टाछुट्टै आवेदन पेश गर्नु हुन सूचना प्रकाशित गरिएको छ ।
आपूर्ति गराउनु पर्ने सामान तथा सेवाहरु
१) भवन निर्माण, मर्मत तथा अन्य निर्माण सम्वन्धी ।
२) फर्निचर र फर्निसिङ्ग सामग्री तथा मर्मत सम्वन्धी ।
३) कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपि मेसिन, फ्याक्स, यु.पि.एस. आपूर्ति, मर्मत र तिनका पार्टपूर्जा सम्वन्धी ।
४) इलेक्ट्रिकल्स तथा इलेक्ट्रोनिक्स सामानह?को आपूर्ति, मर्मत र तिनका पार्टपूर्जा सम्वन्धी ।
५) सवारी साधनहरु (मोटरसाइकल तथा गाडीहरु ) को मर्मत तथा तिनका पार्टपूर्जाहरु सम्वन्धी ।
६) परामर्श तथा अन्य सेवा सम्वन्धी ।
७) छपाई तथा डिजाइन सेवा सम्वन्धी कार्यहरु ।
८) स्टेशनरी सामग्रीहरु (मसलन्द तथा विविध) ।
९) खेलकुद सामग्री तथा पोशाक उपलब्ध गराउने सम्वन्धी ।
१०) सरसफाई तथा सजावट सम्वन्धी ।
११) कुरियर सेवा ।
१२) भाडाका सवारी साधन तथा हवाई टिकट उपलब्ध गराउने सम्वन्धी ।
१३) सर्जिकल सामानहरु ।
१४) क्लिनिकल सामानहरु ।
१५) औषधि तथा औषधिजन्य पदार्थ ।
१६) खाद्यान्य तथा लत्ता कपडाहरु सम्वन्धी ।
१७) ल्यावोरेटरी, रेडियोलोजी फिजियोथेरापी, नाक कान घाँटी सर्जरी र अप्थाल्मिक उपकरण सम्वन्धी ।
१८) सूचना प्रविधि सामग्री तथा मर्मत सम्वन्धी ।
१९) प्लम्विङ सामान आपूर्ति तथा मर्मत सम्बन्धी कार्य ।
२०) क्याटरिङ सम्वन्धी सेवाको कार्य ।
२१) बार्षिक मर्मत सम्भार सेवा (रेफ्रिजेरेटर, एयर कण्डिसन, कम्प्युटर प्रिन्टर, फोटोकपी, मेसीन) ।
२२) टोनर रिफिल तथा पार्टपूर्जा मर्मत सम्बन्धी कार्य ।
२३) अक्सिजन तथा कार्वनडाईअक्साइड आपूर्ति सम्वन्धी ।
२४) भाडावर्तन आपूर्ति सम्वन्धी कार्य ।
२५) विज्ञापन एजेन्सी ।
२६) इन्टरनेट सेवा प्रदायक ।
२७) विविध मर्मत सम्भार सम्वन्धी कार्य ।
पेश गर्नुपर्ने कागजातहरु ः
१. फर्म,कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि ।
२. VAT मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ।
३. वार्षिक रुपमा कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि वा कर विवरण दाखिला गरेको प्रतिलिपि ।
४. आधिकारिक डिलर एवं वितरक भए सो पुष्टि गर्ने प्रमाणपत्रको प्रतिलिपि ।
माथि उल्लेखित सामान तथा सेवाहरुको लागि प्राप्त आवेदन आंशिक वा पूर्ण ?पमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार प्रतिष्ठानमा निहित हुनेछ ।
आवेदन दिने स्थान
१) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, जावलाखेल, ललितपुर
२) राप्ती उपक्षेत्रिय अस्पताल, घोराही, दाङ्ग
सम्पर्क नम्बर : ०१–५०००२५३