सूचीमा दर्ता सम्वन्धी सूचना
(प्रथम पटक प्रकाशित २०७५/०१/११)

यस प्रतिष्ठानलाई आ.व. २०७५/०७६ मा आवश्यक पर्ने तपसिलका सामान तथा सेवाहरु उपलव्ध गराउने प्रयोजनको लागि सेवा प्रदायकहरुको सूची सूचीकृत गरिने भएको हुदा मौजुदा सूचीमा दर्ता हुन इच्छुक रजिष्टर्ड फर्म तथा कम्पनीहरुले निम्नलिखित कागजातहरु संलग्न गरी यो सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र आफूले गर्न चाहेको कार्यको लागि छुट्टाछुट्टै आवेदन पेश गर्नु हुन सूचना प्रकाशित गरिएको छ ।

आपूर्ति गराउनु पर्ने सामान तथा सेवाहरु
१) भवन निर्माण, मर्मत तथा अन्य निर्माण सम्वन्धी ।
२) फर्निचर र फर्निसिङ्ग सामग्री तथा मर्मत सम्वन्धी ।
३) कम्प्युटर, ल्यापटप, प्रिन्टर, फोटोकपि मेसिन, फ्याक्स, यु.पि.एस. आपूर्ति, मर्मत र तिनका पार्टपूर्जा सम्वन्धी ।
४) इलेक्ट्रिकल्स तथा इलेक्ट्रोनिक्स सामानहरुको आपूर्ति, मर्मत र तिनका पार्टपूर्जा सम्वन्धी ।
५) सवारी साधनहरु (मोटरसाइकल तथा गाडीहरु) को मर्मत तथा तिनका पार्टपूर्जाहरु सम्वन्धी ।
६) परामर्श तथा अन्य सेवा सम्वन्धी ।
७) छपाई तथा डिजाइन सेवा सम्वन्धी कार्यहरु ।
८) स्टेशनरी सामग्रीहरु (मसलन्द तथा विविध) ।
९) खेलकुद सामग्री तथा पोशाक उपलब्ध गराउने सम्वन्धी ।
१०) सरसफाई तथा सजावट सामाग्रीहरु आपुर्ति सम्वन्धी सेवा ।
११) कुरियर सेवा ।
१२) भाडाका सवारी साधन तथा हवाई टिकट उपलब्ध गराउने सम्वन्धी सेवा ।
१३) सर्जिकल सामानहरु आपुर्ति सम्वन्धी ।
१४) क्लिनिकल सामानहरु आपुर्ति सम्वन्धी ।
१५) औषधि तथा औषधिजन्य पदार्थ आपुर्ति सम्वन्धी ।
१६) खाद्यान्य तथा लत्ता कपडाहरु आपुर्ति सम्वन्धी ।
१७) ल्यावोरेटरी, रेडियोलोजी फिजियोथेरापी, डेण्टल, नाक कान घाँटी सर्जरी र अप्थाल्मिक उपकरण सम्वन्धी ।
१८) सूचना प्रविधि सामग्री आपुर्ति तथा मर्मत सम्वन्धी ।
१९) प्लम्विङ सामान आपूर्ति तथा मर्मत सम्बन्धी कार्य ।
२०) होटल तथा क्याटरिङ सम्वन्धी सेवाको कार्य ।
२१) बार्षिक मर्मत सम्भार सेवा ब्ःऋ (रेफ्रिजेरेटर, जेनेरेटर, एयर कण्डिसन, कम्प्युटर प्रिन्टर, फोटोकपी मेसीन तथा अस्पताल उपकरणहरु ) ।
२२) टोनर, टोनर रिफिल तथा पार्टपूर्जा मर्मत सम्बन्धी कार्य ।
२३) अक्सिजन तथा कार्वनडाईअक्साइड आपूर्ति सम्वन्धी कार्य ।
२४) भाडावर्तन तथा किचन सामाग्री आपूर्ति सम्वन्धी कार्य ।
२५) विज्ञापन एजेन्सी सेवा सम्वन्धी कार्य ।
२६) इन्टरनेट सेवा प्रदायक सेवा सम्वन्धी कार्य ।
२७) विविध मर्मत सम्भार सम्वन्धी कार्य ।
२८) आधारभुत विज्ञान प्रयोगशालाको लागि आवश्यक पर्ने उपभोग्य सामाग्रीहरु ।
२९) अस्पताल प्रयोगशालाको लागि आवश्यक पर्ने ल्याव किट तथा रिएजेन्ट्स आपूर्ति सम्वन्धी सेवा ।
३०) पानी (ट्याङ्कर) आपूर्ति सम्वन्धी कार्य ।
३१) अस्पताल उपकरणहरु आपुर्ति सो को लागि आवश्यक पार्टपुर्जा सम्बन्धी सेवा ।
३२) भिडियोग्राफी तथा फोटोग्राफी सम्बन्धी सेवा ।
३३) वाटर ट्रिटमेन्ट तथा फिल्टर सम्बन्धी सेवा ।
३४) निर्माण सामाग्री आपुर्ति सम्बन्धी सेवा ।
३५) डेण्टल ल्याव्रोटरी सम्बन्धी सम्पुर्ण कार्य ।

पेश गर्नुपर्ने कागजातहरु ः
१. फर्म÷कम्पनी दर्ताको प्रमाणपत्रको प्रतिलिपि ।
२. ख्ब्त्रएब्ल् मा दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि ।
३. वार्षिक रुपमा कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि वा कर विवरण दाखिला गरेको प्रतिलिपि ।
४. आधिकारिक डिलर एवं वितरक भए सो पुष्टि गर्ने प्रमाणपत्रको प्रतिलिपि ।
माथि उल्लेखित सामान तथा सेवाहरुको लागि प्राप्त आवेदन आंशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार प्रतिष्ठानमा निहित हुनेछ ।
आवेदन दिने स्थान
१) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ्ग (राप्ती उपक्षेत्रीय अस्पताल)
२) राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, सम्पर्क कार्यालय, जावलाखेल, ललितपुर
फोन नम्बर ः ०१–५०००२५३