राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रम अन्तर्गत मिति २०७७ साल असोज १० गते शनिवार विहान ८:०० बजे प्रतिष्ठानको मुख्य कार्यालय, आइशोलेसन वार्ड तथा अस्पताल परिसरमा वृक्षारोपण गरियो ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्रा.डा. संगीता भण्डारी, अतिथि एवं नागरिक समाजका अध्यक्ष श्री चन्द्रराज पन्त, नेपाल उ.वा.संघ दाङ जिल्ला अध्यक्ष श्री नारायण प्रसाद भुषालले वृक्षारोपण गर्नु भयो ।
साथै अतिथि एवं वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रल्हाद कार्की, का.मु. रजिष्ट्रार कैलाश प्रसाद देव, डीन डा.बसन्त लामिछाने, निर्देशक डा. सागर पन्थी, दाङ स्वास्थ्य कार्यालयका प्रमुख श्री अंगद बहादुर शाहीले वृक्षारोपण गर्नु भयो ।
त्यसको साथसाथै प्रतिष्ठानका शिक्षक, चिकित्सक, अधिकृत तथा सम्पूर्ण कर्मचारीहरु वृक्षारोपण कार्यक्रममा सहभागी हुनुभयो ।