
मिति २०७८/०३/११ मा दाङ जिल्लाका प्रहरी उपरीक्षक श्री गणेश चन्दज्यूले कोभिड–१९ को महामारीको जटिलतम परिस्थितिमा कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचार ब्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउनु भएकोले प्रतिष्ठान परिवारको तर्फबाट वाँहाको यस कार्यको सराहना गर्दै कदर पत्र प्रदान गरिएको छ । प्रतिष्ठानको उपकुलपति प्रा.डा. संगीता भण्डारीज्यूले दाङबाट सरुवा भई काठमाण्डौ स्थानान्तारण हुनु भएका चन्दज्यूलाई कदर पत्र प्रदान गर्दै वाहाँको उज्वल भविष्यको कामना गर्नुभएको थियो ।
प्रहरी उपरीक्षक श्री गणेश चन्दज्यूले प्रतिष्ठानले कोभिड–१९ को विषम परिस्थितिमा कोरोना विरामीको उपचारमा महत्वपूर्ण भूमिका बहन गरेको बताउनु भयो । यस संस्थाको प्रगति हुदै गएको र भविष्यमा पनि यस्तै प्रगति गर्दै जाने सुभेच्छा व्यक्त गर्नु भयो । आफु जिल्लामा प्रमुख भएर रहदा प्रतिष्ठान र प्रहरी विचको सुमुधुर सम्बन्ध भएको र आउदा दिनमा दुबै संस्था विच थप समन्वय बढ्दै जाने बताउनु भयो ।
