
मिति २०७८/०४/१० का दिन यस जिल्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङज्यूले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको अवलोकन गर्नुभएको छ । अस्पतालको पछिल्लो प्रगतिको बारेमा जानकारी लिदै कोरोना तेस्रो भेरियन्टको लहरको सम्भावित जोखिमलाई मध्यनजर गर्दै भएका तयारीको बारेमा यस प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीज्यू र अस्पताल निर्देसक डा. प्रज्ञा सिंह बस्नेतज्यूबाट जानकारी लिनुभएको छ । उपकुलपतिज्यूले कोरोनाको नयाँ भेरियन्टको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर प्रतिष्ठानले ICU र Ventilator संचालनमा ल्याइएको साथै विरामी आवत जावत तथा आवश्यक सामग्री पुर्याउन र ल्याउन र्याम्प तथा लिफ्ट निर्माण कार्य तिब्र रुपमा चलिरहेको बताउनु भयो । साथै अक्सिजन प्लान्टको अक्सिजनको प्रयोगबाट ICU सेवा चलिरहेको जानकारी गराउनु भयो ।
बालबालिकालाई लक्षित गरेर ICU थप्ने काम पनि जारी रहेको जानकारी दिनु भएको छ । अस्पताल निर्देशक डा. प्रज्ञा सिंह बस्नेतले अस्पतालमा ट्रान्सफर्मर जडान र फिडर लाइन जोड्नका लागि सम्बन्धित निकायमा पहल गरिदिन प्र.जि.अ. कुरुबाङलाई आग्रह गर्नु भएको थियो । त्यस समयमा प्र.जि.अ. ले प्रतिष्ठानको विकास र विस्तारमा आफ्नो पूर्ण रुपमा सहयोग रहने कुरा बताउदै प्रतिष्ठानले यस भेगका विरामीलाई कुनै कठिनाई बिनाउपचार प्रदान गर्न काम गरिरहेकोमा खुसी व्यक्त गर्नु भयो । त्यस अवसरमा नेपाल प्रहरी अनुसन्धानका SP अर्जुन भण्डारी, प्रतिष्ठानका प्रमुख सल्लाहकार नारायण भुषाल , विद्युत प्राधिकरण घोराहीका प्रमुख लगायतको सहभागिता रहेका थियो ।