आज मिति २०७८/०६/१२ गते मंगलवारका दिन प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । सो अवसरमा प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीज्यू र सिद्धार्थ गौतम नगर टोल विकास समितिका अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार श्री चित्रकान्त आचार्यज्यूले झण्डोतोलन गरी कार्यक्रम शुभारम्भ गर्नुभयो ।

उपकुलपति प्रा.डा. संगीता भाडारीज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम प्रतिष्ठानकी निर्देशक डा. प्रज्ञा सिंह बस्नेतज्यूले कार्यक्रम संचालन गर्नु भयो साथै स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने शिक्षाध्यक्ष डा. बसन्त लामिछानेज्यूले सम्पूर्ण COVID-19 को महामारीमा प्रतिष्ठानलाई सहयोग गर्नुहुने सम्पूर्ण संघसंस्था र व्यक्तिविशेषलाई धन्यवाद ज्ञापन गर्नुभयो र प्रमाण पत्र प्रदान गर्ने जानकारी गराउनु भयो । प्रतिष्ठानका प्रमुख सल्लाहकार श्री नारायण भुषालज्यू र बरिष्ठ पत्रकार श्री दधिराम सुवेदीज्यूले आ–आफ्नो मन्तव्य प्रकट गर्नु भयो । उक्त अवसरमा प्रतिष्ठानमा उत्कृष्ट कार्य गर्ने विभाग तथा चिकित्सक, नर्सिङ तथा कर्मचारीहरु र कार्यालय सहयोगीलाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरियो ।

उक्त अवसरमा प्रतिष्ठानद्वारा प्रथम पटक प्रकाशित SOUVENIR (स्मारिका) को उपकुलपति प्रा.डा. संगीता भण्डारीज्यू र प्रतिष्ठानका सल्लाहकारहरु श्री चित्रकान्त आचार्यज्यू र श्री बलिभद्र रानाज्यूले संयुक्त रुपमा विमोचन गर्नुभयो ।

उक्त अवसरमा सभाका अध्यक्ष उपकुलपति प्रा.डा. संगीता भण्डारीज्यूले प्रतिष्ठानको सेवा विस्तारको बारेमा जानकारी गराउनुभयो र आफ्नो कार्यकालमा प्रतिष्ठानको विकास विस्तारका लागि सहयोग गर्नु हुने नेपाल सरकार, प्रदेश सरकार, स्थानिय सरकार, विभिन्न सामाजिक संघसंस्था, उद्योगी, व्यापारी, पत्रकार, सुरक्षाकर्मी, बुद्धिजीवी, समाजसेवी तथा पदाधिकारी, शिक्षक, चिकित्सक, नर्सिङ लगायतका सम्पूर्ण कर्मचारीहरुलाई सहयोग पुर्याएकोमा धन्यावाद ज्ञापन गर्नुभयो ।