आज मिति २०७८/०६/१२ गते मङ्गलवारका दिन प्रतिष्ठानको तेस्रो वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजना गरी मनाइयो । सर्वप्रथम आज प्रतिष्ठानको अस्पताल भवनको तेस्रो तलामा Extended Health Services अन्तर्गत २५ वेडको Private Ward को उद्घाटन सम्पन्न भयो । उक्त वार्डको उद्घाटन प्रतिष्ठानकी उपकुलपति प्रा.डा. संगीता भण्डारीज्यू र गौतम नगर टोल विकास समितिका अध्यक्ष तथा प्रतिष्ठानका सल्लाहकार श्री चित्रकान्त आचार्यज्यूवाट संयूक्त रुपमा समुद्घाटन सुसम्पन्न भयो ।

COVID-19 तेस्रो लहर आएको खण्डमा HDU बनाई सो वार्डमा संक्रमित विरामीको उपचार गर्न सकिने गरि ब्यवस्था मिलाइएको छ ।