मिति २०७७/०७/१७ गते Covid-19 को संक्रमणको नियन्त्रण रोकथाम, परीक्षण र उपचारको अवस्थाको विश्लेषण र भविष्यमा आउन सक्ने चुनौती, सो को लागि गरिएको प्रयास र अपनाउनु पर्ने आवश्यक तयारी आदि विषयमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. संगीता भण्डारीज्यूको अध्यक्षतामा वसेको वैठकमा उपमहानगरपालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीज्यू, स्वास्थ्य कार्यालय प्रमुख, राप्ती प्रादेशीक अस्पताल तुलसीपुरका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट तथा प्रतिष्ठानका पदाधिकारीहरुको वैठकले उल्लिखित विषयमा विभिन्न निर्णयहरु गरेको छ ।
PCR परीक्षणलाइ अझ वढी प्रभावकारी रुपमा कसरी संचालन गर्न सकिन्छ, परीक्षण र उपचारका लागि आवश्यक पर्ने साधन श्रोत, संक्रमितहरुको Home Isolation, क्यारेन्टिनको ब्यवस्थापन, संक्रमितको सम्पर्कमा रहेकाहरुको पहिचान (Contact Tracing) का विषयमा छलफल तथा अवगत गरी यस्लाई थप प्रभावकारी रुपमा ब्यवस्थापन र संचालन गर्ने निर्णय भयो ।
समुदायमा संक्रमण नफैलियोस् भन्ने उद्देश्यले संक्रमितले Isolation मा रहंदा अपनाउनु पर्ने स्वास्थ्यका मापदण्डका वारेमा जनचेतना जगाउने र परीक्षण संवन्धमा सरकारले तोकेको निर्देशिका र निर्देशन वमोजिम परीक्षण र Reporting गर्ने निर्णय गरियो ।
जनचेतना जगाउन स्वयंसेवकहरु तथा राष्ट्रिय र अन्तराष्ट्रिय गैह्र सरकारी संघ, संस्थाको सहयोग लिने, उपचारका लागि आवश्यक ICU Bed, Ventilator, विशेषज्ञ चिकित्सक, आवश्यक स्वास्थ्य सामग्री तथा वजेट निकासाको लागि आवस्यक पहल गर्ने निर्णय गरियो ।
वैठकमा घोराही उपमहानगरपालिकाका प्रमुख श्री नरुलाल चौधरी, तुलसीपुर उपमहानगरपालिका प्रमुख श्री घनश्याम पाण्डे, प्रमुख जिल्ला अधिकारी श्री जय नारायण आचार्य, स्वास्थ्य कार्यालय प्रमुख श्री अंगद वहादुर शाही, राप्ती प्रादेशिक अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेण्ट डा. सर्वेश शर्मा, र प्रतिष्ठानका डीन तथा नि. निर्देशक डा. वसन्त लामिछानेको उपस्थिति रहेको थियो ।